बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • लिओनल मेसीले बार्सिलोना छाडेपछि च्याम्पियन्स लिगको पहिलो खेलमै बार्सिलोना पराजित
Breaking News

लिओनल मेसीले बार्सिलोना छाडेपछि च्याम्पियन्स लिगको पहिलो खेलमै बार्सिलोना पराजित

जुनेली न्युज, काठमाण्डौ | युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा बायर्नले बार्सिलोनालाई ३-० ले पराजित गरेको छ | बार्सिलोना घरेलु मैदानमै जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको हो ।

रोबर्टो लेवान्डोस्कीले दुई गोल गरेपछि समूह ‘ई’अन्तर्गत खेलमा बायर्नले बार्सिलोनालाई पराजित गरेको हो ।
बार्सिलोनाको मैदान क्याम्पनोउमा भएको खेलको ३४औं मिनेटमा थोमस मुलरले लरेय सानेको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाए त्यसपछि ५६औं मिनेटमा लेवान्डोस्कीले जमल मुसिएलाको पासमा गोल गोल गर्दै फेरी अग्रता दोब्बर पारे । लेवान्डोस्कीले ८५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्नले शानदार जित हात पारेको हो ।

क्लब लेजेण्ड लिओनल मेसीले बार्सिलोना छाडेपछि च्याम्पियन्स लिगको पहिलो खेलमै बार्सिलोना पराजित भएको हो ।

समूह ‘ई’ कै अर्को खेलमा बेनफिका र डिनामो किभले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

फेसबुक प्रतिक्रियाहरु