सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • ‘विगतमा न्याय र स्वतन्त्रताका लागि लडेको पार्टी एमाले हो, आफ्नो योगदान भुल्नु हुँदैन’-घनश्याम भुसाल
Breaking News

‘विगतमा न्याय र स्वतन्त्रताका लागि लडेको पार्टी एमाले हो, आफ्नो योगदान भुल्नु हुँदैन’-घनश्याम भुसाल

जुनेली न्यूज, काठमाण्डौ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव घनश्याम भुसालले एमालेले ७४ सालको वर्चस्व फर्काउने दाबी गरेका छन् ।

बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘एमाले विगतमा समानता, न्याय र स्वतन्त्रताका लागि लडेको पार्टी हो । एमालेले पनि आफ्नो योगदान भुल्नु हुँदैन । आन्तरिक लोकतन्त्र सुदृढ बनाउँदै अगाडि जानुपर्छ । यसो गरियो भने हामीले ७४ सालको वर्चस्व फर्काउँछौँ, फर्काउँछौँ ।’

एमालेले सधैं समानाता कायम गर्न खोज्ने उल्लेख गर्दै एमाले सधैं लोकतन्त्रका लागि लड्ने र लोकतन्त्र चाहने पनि बताए साथै उनले भने ‘ हामी हिँड्न खोजेको बाटो यही हो । हामीले हिँड्न खोजेको यसैगरी हो । हामी हरबखत यसैगरी अगाडि बढ्नको लागि प्रयासरत छौँ ।’

७४ सालको चुनावमा एमालेले सबैभन्दा धेरै सिट जितेको थियो ।

फेसबुक प्रतिक्रियाहरु