शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • “सभामुख हाम्रो नेता हो, संसदमा रहेका सम्पूर्ण दलको नेताजस्तो व्यवहार गुर्नपर्छ”-सुवासचन्द्र नेम्वाङ
Breaking News

“सभामुख हाम्रो नेता हो, संसदमा रहेका सम्पूर्ण दलको नेताजस्तो व्यवहार गुर्नपर्छ”-सुवासचन्द्र नेम्वाङ

जुनेली न्यूज, काठमाण्डौ | नेकपा एमालेका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले सरकारकै कारण बजेट होलिडेको अवस्थामा पुगेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारकै कारण बजेट होलिडेको अवस्थामा पुगेको कुरा बताए ।
पूर्वसभामुख समेत रहेका एमाले उपनेता नेम्वाले सभामुखको भूमिका पनि विभेदकारी भएका कारण आफूहरुले विरोध गरेको बताए । यसअघि एमाले विभाजनका लागि हतार-हतार अधिवेशन अन्त्य गरेको बताउँदै उनले समयमा नै बजेट पास गर्न सरकारले ध्यान नदिएको बताए ।
प्रतिपक्ष सदन अवरुद्धमा उत्रेको छ, सदन अवरुद्ध गर्ने यतिका दिनसम्म कामकारवाही पश्चात किन सत्ता पक्ष पटक्कै यसबारेमा ध्यान पुर्‍याइरहेको छैन, छलफल गरेको छैन, यस्तो बेलामा सभामुखले दिनमा १५ पटक छलफल राख्नुपर्छ,’ उनले भने,‘ सभामुख हाम्रो नेता हो, संसदमा रहेका सम्पूर्ण दलको नेताजस्तो व्यवहार गुर्नपर्छ , उहाको व्यवहार त्यस्तो भएन कि भन्ने प्रश्न मनमा उब्जिएको छ ।’

साउन ३२ देखि भदौ २३ गतेसम्म एमाले विभाजनका लागि सदन स्थगित गरेको बताउँदै उनले बजेट खर्च गर्न नसक्ने अवस्था सृजना गर्न सरकार जिम्मेवार रहेको बताए ।
‘हाम्रो अवरोधले केही रोक्ने वाला थिएन्, सरकारले काम गरिरहेको थियो,’ उनले भने,‘हिजो अचानक हामीसँग छलफल नगरीकन एकै पटक बैठकलाई ४ गते सम्म पुर्याइदिए, अर्थात बजेट पारित गर्न सरकारलाई हतार रहेनछन् ।’ बजेट खर्च गर्न नसकिने अवस्थाको जवाफ सरकारले दिनुपर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु