शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • तीन केजी बढी सुनका गहनासहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ
दुर्घटना/अपराध

तीन केजी बढी सुनका गहनासहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

जुनेली न्यूज, काठमाण्डौ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ केजी भन्दा बढी सुनको गरगहनासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका कैलालीको बदगोरिया गाउँपालिका-१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका-२ का ४७ वर्षीय मुरारीराज अधिकारीलाइ प्रहरीले पक्राउ गरेको छ |

भण्डारी र अधिकारीको ब्याग एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा २ करोड २४ लाख ९२ हजार ३९७ मूल्य बराबरको ३ केजी ३६० ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि उनीहरुलाई ललितपुरस्थित राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु