शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ट्रकमा लिफ्ट मागेकी १३ वर्षीया बालिका ट्रकभित्रै चालक र सहचालकद्धारा बलात्कृत,
दुर्घटना/अपराध

ट्रकमा लिफ्ट मागेकी १३ वर्षीया बालिका ट्रकभित्रै चालक र सहचालकद्धारा बलात्कृत,

जूनेली न्यूज, काठमाण्डौ | गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१२ साझा पेट्रोलपम्प अगाडि गाडीभित्रै चालक र सहचालकले बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेकामा खोजतलासका क्रममा दुवै जनालाई मङ्गलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गाडी चालक झापाको हल्दीबारी गाउँपालिका-५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सोही गाडीका सहचालक मोरङको उर्लाबारी नगरपालिका-१ का १८ वर्षीय निदीप धिमाल रहेको प्रहरीले जनाएको छ |

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार गत शनिबार भक्तपुर नगरपालिका-१ सिर्जनानगरस्थित सडकखण्डमा पूर्वतर्फ जानका लागि भनी गाडी कुरिरहेकी अन्दाजी वर्ष १३ की बालिकालाई गन्तव्यसम्म पुर्याइदिने भन्दै ट्रकमा हालेर अरनिको राजमार्गअन्तर्गत बनेपा-१२ साझा पेट्रोलपम्प अगाडि लगेर गाडीभित्रै जबर्जस्ती करणी गरेर फरार रहेको अनुसन्धानबाट खुलेको हो । प्रहरीले दुवै जनालाई प्रदेश-२-०३-००१ख १४८५ नंको ट्रक मोरङबाट बिपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै गरेको अवस्थामा धुलिखेलचोकबाट नियन्त्रणमा लिएको प्रनाउ खतिवडाले बताए ।

प्रारम्भिक अनुसन्धानबाट घटनामा पक्राउ परेकाहरुको संलग्नता रहेको खुल्न आएको र पीडितको परिवारबाट जबर्जस्ती करणीसम्बन्धी कसुरमा किटानी जाहेरी लिई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु