शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कांग्रेस सभापति देउवाको गृह जिल्लामा वडा अधिवेशनमा भयो यस्तो विवाद, प्रहरी परिचालन गरेर अधिवशन शुरु
Breaking News

कांग्रेस सभापति देउवाको गृह जिल्लामा वडा अधिवेशनमा भयो यस्तो विवाद, प्रहरी परिचालन गरेर अधिवशन शुरु

जुनेली न्यूज, काठमाण्डौ | नेपाली कांग्रेसको १४औ महाधिवेसन अन्तर्गत प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भएको वडा अधिवेशनमा विवादका भएको छ ।

लिस्टमा तीन सय १२ जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो |

क्रियाशील सदस्यता वितरणको विषयमा विवाद भएपछि जिल्ला कार्यसमितिले वडा अधिवेशन बहिस्कार गरेपनि निर्वाचन समितिले भने प्रहरी परिचालन गरेर अधिवशन शुरु गरेको हो ।
वडा अधिवेशन गर्न नेपाल प्रहरीको तालिम केन्द्र र दंगा प्रहरी गणबाट ठूलो संख्यामा प्रहरी डडेल्धुरा झिकाइएको छ ।
अधिवेशन गर्ने विषयमा ठूलो विवाद देखिएपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए ।
कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले सदस्यता विवाद नै नटुंग्याएर बल प्रयोग गरेर गरिएको अधिवेशनमा आफूहरूको सहभागिता नहुने बताए । सभापति देउवा पक्षधरले एकलौटी रूपमा क्रियाशील सदस्यतादेखि उम्मेदवारसम्मको टुंगो केन्द्रबाटै लगाएको मल्लको आरोप छ ।

जिल्लाका सातवटा स्थानीय तहका ५२ वडामध्ये ४८ मा निर्वाचन प्रक्रिया शुरु भइसकेको निर्वाचन समितिले जनाएको छ । बाँकी वडामा पनि अधिवेशन शुरु गर्न छलफल भइरहेको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए

यसअघि कांग्रेसका दुई समूहबीच कुटाकुटसमेत भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु