बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सभामुखलाई एमालेको आग्रह : १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्नुस्, नभए मार्गप्रशस्त गर्नुस्
Breaking News

सभामुखलाई एमालेको आग्रह : १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्नुस्, नभए मार्गप्रशस्त गर्नुस्

जुनेली न्यूज काठमाण्डौ | प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन एमालेले दुई सर्त राखेको हो । एमाले संसदीय दलका प्रमुख सचेतक ‘सभामुखसँग अब हाम्रो दुईवटा सर्तहरु छन् । पहिलो त कारबाहीको सूचना टाँस हो र अर्को मार्गप्रशस्त हो ।’विशाल भट्टराईले भने

प्रमुख प्रतिपक्षीबिनाको सर्वदलीय बैठकको कुनै औचित्य नै नरहने जिकिर ससचेतक भट्टराईको छ । ‘त्यो बैठकको कुनै औचित्य नै छैन,’हामी बैठकमा उपस्थित नै हुँदैनौँ । हाम्रो मागको सम्बोधन नहुने ठाउँमा हामी किन जाने ?’

सभामुखसँग सचेतक भट्टराईले कुन–कुन दललाई सर्वदलीय बैठकमा बोलाइएको छ ? भनेर जिज्ञासा राखेका थिए । बैठकमा नेकपा (एकीकृत समाजवादी) लाई पनि बोलाइएको जवाफ आएपछि सचेतक भट्टराईले एमालेले सहभागी नजनाउने बताएका थिए । ‘गैरसांसदलाई बोलाएको बैठकमा हामी जाँदैनौँ,’ सचेतक भट्टराईले भने, ‘मैले उहाँ (सभामुख) ज्यूलाई भेटौँ पनि भनेँ, उहाँले मान्नुभएन । हामी बैठकमा सहभागी नै हुँदैनौँ ।’

एमालेले सभामुखलाई १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँसिएको खण्डमा बैठकमा उपस्थित हुने बतााएको थियो । जवाफमा सभामुख सापकोटाले निर्वाचन आयोगले दल र सांसदको मान्यता दिइसकेकोले अहिले आएर पदमुक्त गर्न नमिल्ने बताएका थिए । सभामुख सापकोटानिकट श्रोतले भन्यो, ‘निर्वाचन आयोगले नै मान्यता दिइसकेपछि उहाँ (सभामुख) ले त्यस्तो कदम चाल्नुहुन्न ।’

सभामुख सापकोटाले सोमबार (आज) दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । गत भदौ २३ गतेयता बसेको हरेक संसद् बैठकलाई एमालेले अवरुद्ध गर्दै आएको छ । यसपछि सभामुख सापकोटाले गतिरोध अन्त्यका लागि भन्दै बैठक आह्वान गरेका हुन् । यद्यपि प्रमुख प्रतिपक्षी नै बैठकमा नजाने भएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु