बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • “गैरसांसदको उपस्थिति छ भने कुनै पनि हालतमा सदन प्रारम्भै हुन दिँदैनौं “- केपी शर्मा ओली
Breaking News

“गैरसांसदको उपस्थिति छ भने कुनै पनि हालतमा सदन प्रारम्भै हुन दिँदैनौं “- केपी शर्मा ओली

जुनेली न्यूज, काठमाण्डौ | नेकपा एमाले तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अग्निप्रसाद सापकोटालाई सभामुख मानेर जान नसकिने बताए । ओलीले अघि भने, ‘यथास्थितिमा सभामुख मानेर जाने सक्ने अवस्था रहेन ।’

यद्यपि उनको स्पष्टीकरण सुनेर एउटा निष्कर्षमा पुग्न सकिने अध्यक्ष ओलीले बताए | तर पार्टीले कारबाही गरेका सांसदहरु उपस्थित भएको बैठक चल्न दिन नसकिने बताए ।

एमालेले कारबाही गरेपछि १४ जना गैरसांसद भएको र गैरसांसदको उपस्थितिमा बैठक बस्नु संसद नियमावली विपरीत हुने भन्दै उनले भने, ‘यदि गैरसांसदको उपस्थिति छ भने कुनै पनि हालतमा सदन प्रारम्भै हुन दिँदैनौं ।’

कारबाही गरेकाहरु उपस्थित भए राष्ट्रपति कार्यालयबाट आएको पत्र समेत सुनाउन नदिने उनले बताए ।

सत्तारुढ गठबन्धनलाई ‘आपराधिक गठबन्धन’को संज्ञा दिएका ओलीले ३२ साउनमा भएको संसद अधिवेशनको अन्त्य र अहिलेको आह्वान नै निर्लज्ज तरिकाले भएको बताए । एमाले फुटाउने आपराधिक योजना सफल भएपछि अधिवेशन बोलाएको भन्दै उनले भने, ‘राष्ट्रपति कार्यालयबाट पत्र आएरै बोलाएका होला । त्यसकारण वसन्त श्रवण जस्तो श्रवण किन गर्नुपर्यो ?’

 

फेसबुक प्रतिक्रियाहरु