शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत गाउँ नगर वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न
Breaking News

कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत गाउँ नगर वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न

जुनेली न्यूज, काठमाण्डौ | नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँ नगर वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न भएको छ।
क्रियाशील सदस्यता नामावली प्रकाशित भएका जिल्लामध्ये भदौ १८ गते ३५ जिल्ला, भदौ १९ गते दुई जिल्ला, भदौ २० गते एक जिल्लामा वडा अधिवेशन सम्पन्न भएको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

त्यस्तै ,भदौ २१ गते ११ र आज भदौ २२ गते पाँच जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ। भदौ २३ गते रुकुमपूर्व र रुकुम पश्चिममा अधिवेशन हुन लागेको उनले बताए।
अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्

 

करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन्। वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ। यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन्।

कांग्रेसले गाउँ नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ-नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन(एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते निर्धारण गरेको छ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ।

 

फेसबुक प्रतिक्रियाहरु