बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • संखुवासभा घटनाको अनुसन्धानबाट भेटियो केही यस्तो ‘क्लु’
दुर्घटना/अपराध

संखुवासभा घटनाको अनुसन्धानबाट भेटियो केही यस्तो ‘क्लु’

जुनेली न्यूज ,काठमाण्डौ | संखुवासभाको मादीमा भएको हत्याको अनुसन्धानमा अपराधीको नजिक पुगिसकेको प्रहरीले जनाएको छ । अनुसन्धानबाट केही ‘क्लु’ भेटिएकाले आफूहरु अपराधीको नजिक पुगेको प्रहरी स्रोतले बताएको हो ।
सोमबार मादी नगरपालिका-१ खोलागाउँका बौदमानको परिवार नै सखाप गर्ने गरी ६ जनाको हत्या भएको थियो । बौदमानकी पत्नी, छोरा तेजबहादुर र बुहारी कमलाको शव सोमबार बिहान घरबाहिर भेटिएको थियो । तेजबहादुरकी बुहारी रञ्जना, ११ वर्षीय नाति दीपेन र ७ वर्षीया नातिनी गोमाको पनि हत्या भएको थियो ।

मंगलबार फरेन्सिकसहितको प्रहरी टोलीले घटनास्थलबाट प्राप्त हुनसक्ने प्रमाणहरु सङ्कलन गरेको थियो । व्यक्तिको हत्या भए पनि घरभित्रका कुनैपनि सामान चलाउने, लुट्ने वा लग्ने काम नभएकोले अपराधीले कुनै लुट्ने उदेश्य नराखेको देखिएको प्रहरीको भनाई छ । ‘घरमा ७ तोला सुन, ४ लाख ७१ हजार नगद भेटिएको छ,’ स्रोतले भन्यो, ‘यसबाट लुट्ने उदेश्य नराखेको देखिन्छ ।’

शव संकलन गरेर पोस्टमार्टमका लागि मंगलबार राती धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । पोस्टमार्टमपछि विस्तृत विवरण आउने प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाको छानबिनका लागि सीआईबीको टोलीसमेत मंगलबार साँझ घटनास्थल पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु