सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बागमती प्रदेशकी मुख्मन्त्री शाक्यले गरिन मन्त्रिपरिषद् विस्तार, १० मन्त्रीमा को-को ?
Breaking News

बागमती प्रदेशकी मुख्मन्त्री शाक्यले गरिन मन्त्रिपरिषद् विस्तार, १० मन्त्रीमा को-को ?

जुनेली न्यूज, काठमाण्डौ । बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । शाक्यले १० मन्त्री थपेकी हुन् । थपिएका मन्त्रीहरुको शपथ ग्रहण जारी रहेको नेता दीपक निरौलाले जानकारी दिए । ‘थप मन्त्रिण्डल विस्तार भइसकेको छ,’ नेता निरौलाले भने, ‘शपथ ग्रहण गर्ने काम जारी छ ।’
नवगठित मन्त्रिपरिषद्मामा ;-

केशव खड्का- भौतिक पूर्वाधार विकास मन्त्री

डा. अजय क्रान्ति शाक्य- आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीमा

रचना खड्का-  आर्थिक मामिला तथा योजना मन्त्री

विजय सुवेदी-सामाजिक विकास मन्त्री

शान्तिप्रसाद पौडेल- उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री

प्रदीपकुमार कटुवाल क्षेत्री- स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

चन्द्र लामा- भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ ।

मुख्यमन्त्री शाक्यले जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनालीलाई राज्यमन्त्रीमा नियुक्त गरेकी छन् । खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्मन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्रीमा नियुक्त भएका हुन् ।

नवनियुक्त ७ मन्त्री र ४ जना राज्मन्त्रीले बुधबारै सपथ लिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु