शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र भारत फुटबल टीमबीच आज दोस्रो खेल हुदै
Breaking News

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र भारत फुटबल टीमबीच आज दोस्रो खेल हुदै

जुनेली न्यूज , काठमाण्डौ | अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो खेल हुँदैछ ।
बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोल गरेका थिए । अब दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

दोस्रो खेलअघि शनिबार नेपाली टिमले एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण गरेको थियो ।

भारतीय टिमले भने बिहान सोल्टी होटलबाहिरै हल्का स्ट्रेचिङ गरेको थियो ।

नेपाल र भारत दुवै टिम अहिले माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीमा छन् । त्यसै तयारी अन्तर्गत मैत्रीपूर्ण खेल आयोजना भएको हो । यसै खेलमार्फत दुवै टिम आफ्नो कमजोरीलाई सुधार गर्दै साफका लागि तयार हुन चाहन्छन् ।

नेपाली टिम भारतसँगको खेलपछि सेप्टेम्बर १० मा थप बन्द प्रशिक्षणका लागि कतार जानेछ र उतैबाट सेप्टेम्बर २७ मा साफका लागि माल्दिभ्स प्रस्थान गर्ने कार्यक्रम छ ।
साफ अक्टोबर १ देखि १६ सम्म आयोजना हुनेछ ।

नेपाल र भारतबीच दोस्रो खेल आईतबार साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

नेपालले भारतलाई ८ वर्षयता हराउन सकेको छैन | अहिलेसम्म २० खेल हुँदा नेपालले २ खेलमात्र जितेको छ । भारतले १३ खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

नेपाल भर्सेस भारत

मिति : २०७८ भदौ २० गते
समय : साँझ ५:३० बजे
स्थान : दशरथ रंगशाला, त्रिपुरेश्वर

 

फेसबुक प्रतिक्रियाहरु