बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • १० वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ
दुर्घटना/अपराध

१० वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ

जुनेली न्यूज, काठमाण्डौ | प्रहरीले १० वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी नगरपालिका-४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनी रहेका छन् ।

सहनीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । उनले गत भदौ १५ गते ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु