बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एकीकृत समाजवादीको जिम्मेवारी बाँडफाँट र चयन, कसलाई के जिम्मेवारी ? पुरा विवरण हेर्नुहोस
Breaking News

एकीकृत समाजवादीको जिम्मेवारी बाँडफाँट र चयन, कसलाई के जिम्मेवारी ? पुरा विवरण हेर्नुहोस

जुनेली न्यूज, काठमाण्डौ | नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु चयन गरेको छ ।अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले प्रदेश इञ्चार्जसहित पार्टीको विभिन्न समितिमा नेताहरुलाई जिम्मेवारी दिएको हो ।

राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको हो | नेकपा एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशिका (अपानी)मा उल्लेख भएअनुसार पार्टी अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनाल सहित पहिले नेकपाको स्थायी कमिटीमा रहेकाहरुलाई नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीमा राखेको हो । स्थायी कमिटीमा नेपाल र खनालसहित मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल छन् ।

साथै पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय गठन गरिएको छ ।
केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तुलाधरलाई दिइएको छ ।
प्रदेश इञ्चार्जमा क्रमश :
प्रदेश १ – घनेन्द्र बस्नेत
प्रदेश २ – धर्मनाथ साह
बागमती प्रदेश – केदार न्यौपाने
गण्डकी प्रदेश- केशवलाल श्रेष्ठ
लुम्बिनी प्रदेश- भागवत विश्वासी
कर्णाली प्रदेश- प्रकाश ज्वाला छन् भने सुदूरपश्चिम प्रदेश इञ्चार्ज भने तोकिएको छैन ।

उपत्यका विशेष प्रदेश इञ्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्ज विजय गुरुङ, मोर्चा इञ्चार्ज डा. विजय पौडेल छन् ।
त्यस्तै डा. विजय पौडेलले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाउँदा श्रीप्रसाद शाहलाई प्रवास क्षेत्रको जिम्मा दिइएको छ ।

यसैगरी अदालत र निर्चाचन आयोग सम्बन्धी काम गर्ने जिम्मा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई दिइएको छ ।
संसदीय कामको जिम्मेवारी भने विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ ।पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन लगायतका दस्तावेज मस्यौदा गर्न झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ ।

समितिका सदस्यहरुमा बेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, रामकुमारी झाँक्री र गणेश विक छन् ।

यही समितिलाई निर्वाचन आयोगमा पेस गरिएका दस्तावेजहरु परिमार्जनको जिम्मा पनि दिइएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु