आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राष्ट्रपति भण्डारीद्धारा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संसद् अधिवेशन आह्वान
Uncategorized

राष्ट्रपति भण्डारीद्धारा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संसद् अधिवेशन आह्वान

जुनेली न्यूज, काठमाण्डौ  | राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संसद् अधिवेशन आह्वान गरेकी छन् । संघीय संसदको दुवै सदनको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी हुन् ।

नेपालको संविधानको धारा ९३ (१) बमोजिम राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने प्रचलन छ । यसअघि सरकारले साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेको थियो ।

त्यसको भोलिपल्ट दल विभाजनलाई सहज हुने गरी रजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएको थियो । अध्यादेशअनुसार दल विभाजन भई नयाँ दर्ता भएका दल रोज्न प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिइएको छ ।

त्यसको भोलिपल्ट सरकारले संसद अधिवेशन आह्वानको सिफारिस गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु