शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढानिलकण्ठ नपा वडा नं १२ को इकाइ सभापतिमा अनन्त प्रसाद घिमिरेको उम्मेदवारी घोषणा
Breaking News

बुढानिलकण्ठ नपा वडा नं १२ को इकाइ सभापतिमा अनन्त प्रसाद घिमिरेको उम्मेदवारी घोषणा

जुनेली न्यूज, काठमाण्डौ | नेपाली कांग्रेसको १४औं महाधिवेशनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ बाट  इकाई सभापतिमा अनन्त प्रसाद घिमिरेले  उम्मेदवारी दिने घोषणा गरेका छन्  । सिंगो पार्टीलाई बलियो बनाउन र पार्टीको विधान बमोजिम वडा स्तरबाट सबैलाई समेटेर लैजाने प्रतिबद्धताका  साथ आफूले उम्मेदवारी दिएको घोषणा  गरेका हुन्  |

पुस्ता पुस्तौदेखी काँग्रेसको परिवारमा हुर्केका उनि  ओखलढुंगा जिल्ला साबिक पोकली गाबिस वडा नं २  लेती डांडागाउँ हाल लिखु गाउपालिका वडा नं ९ मा जन्मिएका हुन् | काँग्रेस भएकै कारण जनआन्दोलनको  बेला  माओबादीले २०५५ सालमा जन्म भुमि छाड्न बाध्या परेको थियो अन्तत  पार्टीको लागि जन्म भुमि छाडेर सपरिवार काठमाडौँ  हिडेको थिए |

No description available.

२०६३ /६४ को आन्दोलनमा  पार्टी प्रति पूर्ण बफादार कार्यकर्ता भएर  कार्य गरेका उनि  तत्कालिन समयमा ओखलढुंगा पोकली गाबिस नेपालि काँग्रेसको इकाइमा मनोनित सदस्य समेत रहेर काम गरेका हुन् | अहिले काठमाडौँको  बुढानिलकण्ठ नगरपालिका वडा नं १२ लाइ कर्म थलो र राजनीतिक थलो बनाएका छन् |  २०६७ सलामा साबिक कपन गाबिस हुँदा नै  नेपाली काँग्रेसको युवा मनोनित इकाइ सदस्य  पनि भएका हुन् |

उनले  रिलायन्स इन्टरनेश्नल एकेडेमीमा TSC अध्यान गरेका छन् भने त्रि चन्द्र बहुमुखी क्याम्पस BSC अध्यान गरेका छन् अध्यानको  क्रममा त्रि चन्द्र बहुमुखी क्याम्पस तत्कालिन मनोनित सोबियु सदस्य पनि हुन् | बिधार्थी राजनीति गर्दा गर्दै उनि नेपाल बिधार्थी संघ  काठमाडौँ जिल्लाको सदस्य भएर काम गरे र हाल  १३ औ महाधिबेशनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ इकाइ  समितिको कार्यकारी सदस्य रहेका छन् |

No description available.

 

फेसबुक प्रतिक्रियाहरु