शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा २३ जनाको मृत्यु, १७५६ जना संक्रमित
Breaking News

कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा २३ जनाको मृत्यु, १७५६ जना संक्रमित

जुनेली न्यूज, काठमाण्डौ | पछिल्लो २४ घण्टामा १७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २२७४ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८०९ पुगेको छ ।

यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणबाट ७ लाख ६७ हजार २७१ र एन्टिजेन विधिबाट ८४ हजार ६९३ जना पुगेको छ। यस्तै संक्रमितमध्ये हालसम्म ७ लाख २३ हजार ४५६ जना निको भएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु