शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रदेश न.१ का मुख्यमन्त्री भिम आचार्यको नियुक्ति खारेज गर्न माग
Breaking News

प्रदेश न.१ का मुख्यमन्त्री भिम आचार्यको नियुक्ति खारेज गर्न माग

जुनेली न्यूज, काठमाण्डौ |। प्रदेश न.  १ मा मुख्यमन्त्री शेर धन राईको राजिनामा र भिम आचार्यको नियुक्ति अप्रत्यासित रहेको भन्दै सो नियुक्ति खारेज गर्न माग गरिएको छ।प्रदेश नं १ का मुख्यमन्त्री नियुक्ति बदर गर्न गठबन्धनको माग गरेको हो | प्रदेश प्रमुखको यो असवैधानिक निर्णयप्रति असहमति जनाउदै तत्काल मुख्यमन्त्रीको राजिनामा माग गरेका हुन् |

नेकपा एमालेका १० सांसद नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको अवस्थामा प्रदेस सरकार अल्पमतमा परिसकेकोले कुनै पनि दुरगामी निर्णय नगर्न पनि आग्रह गरीएको बिज्ञप्तिमा नेपाली कांग्रेसका राजीव कोइराला , नेकपा माओवादी केन्द्रका इन्द्र बहादुर आङ्गबो , नेकपा एसका राजेन्द्र राई र जसपाका जयराम यादवले हस्ताक्षर गरेका छन ।

प्रेश विज्ञप्ति  पढ्नुहोस :

प्रदेस नं १ का मुख्यमन्त्री नियुक्ति बदर गर्न गठबन्धनको माग

फेसबुक प्रतिक्रियाहरु