शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • महेश बस्नेतले दिएको अभिब्यक्तिमा प्रधानमन्त्री देउवाद्धारा यस्तो प्रतिक्रिया
Breaking News

महेश बस्नेतले दिएको अभिब्यक्तिमा प्रधानमन्त्री देउवाद्धारा यस्तो प्रतिक्रिया

जुनेली न्यूज, काठमाण्डौ | शुक्रवार भक्तपुर सूर्य विनायक नगरपालिका ५ कटुन्जेमा वडा अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेर बहादुर देउवाले महेश बस्नेतले देउवालाई हराउने भनेर दिएको अभिब्यक्तिमा देउवाले आफूलाई होइन, आफ्नो भक्तपुर पार्टीका सभापतिलाई हराएर देखाउन चुनौति दिएका छन् |

यसअघि महेश बस्नेतले देउवालाई उठे, हराएर देखाउने अभिव्यक्ति दिएका थिए।देउवाले भने ‘पहिला आफ्ना जिल्ला सभापति दुर्लभ थापालाई हराएर देखाउनुस ‘।

साथै आजबाट कांग्रेसको वडा अधिवेशन सुरु भएको छ। कांग्रेसको १४ औं महाधिवेशनमा सबैलाई एकवद्ध भएर लाग्न समेत देउवाले आग्रह गरे। प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पार्टीलाइ बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताए।
पार्टीलाइ सशक्त बनाएर आगामी निर्वाचनमा हाम्रो बहुमत प्राप्त गर्न सक्ने पार्टी बनाउनु छ,प्रधानमन्त्री देउवाले भने। संवैधानिक वाध्यता भएकाले पनि कोभिड संक्रमणको समयमा महाधिवेश गर्नु परेको देउवाले बताएका थिए। त्यसैले कोभिड प्रोटोकल प्रयोग गर्न सबै नेता तथा कार्यकर्तालाई निर्दैशन समेत दिए।

 

फेसबुक प्रतिक्रियाहरु