शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल भर्सेस भारत प्रिभ्यु, प्रतिष्ठादेखि साफको सम्म अवसर र महत्व
Breaking News

नेपाल भर्सेस भारत प्रिभ्यु, प्रतिष्ठादेखि साफको सम्म अवसर र महत्व

जुनेली न्यूज, काठमाण्डौ | चार वर्षपछि नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।  तयारीमा रहेको नेपाल र भारतले दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।जसमध्ये पहिलो खेल आज साँझ साढे ५ बजे दशरथ रंगशालामा हुँदैछ । यसको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्दैछ । यस्तै दोस्रो खेल आगामी आइतबार रंगशालमै हुनेछ । मैत्रीपूर्ण खेलका लागि सुनिल क्षेत्रीको कप्तानीमा २५ सदस्यीय भारतीय टोली नेपाल आएको छ । अक्टोबरमा माल्दिभ्समा साफ च्याम्पियनसिप हुँदैछ

नेपालको भने आधिकारिक टोली घोषणा नभए पनि बन्द प्रशिक्षणमा रहेका २४ जनाकै टोलीबाट मैत्रीपूर्ण खेल खेल्ने सम्भावना छ । नेपाल र भारतबीच जुनसुकै खेल हुँदा पनि त्यसको छुट्टै महत्व हुन्छ । धेरै चर्चा पनि हुन्छ । हार र जितले फरक अर्थ राख्छ । अझ विश्वकै चर्चित फुटबल खेल हुँदा चर्चा नहुने कुरै भएन ।

प्रशिक्षक अबदुल्लाह अलमुताइरीले पोखरामा बन्द प्रशिक्षण हुँदा तीन खेलाडी बाहिर राख्दै २५ जनाको टिम बनाएका थिए । त्यसमा रोहित चन्द क्लब ड्युटीका लागि इन्डोनेसिया पुगिसकेका छन् । उनी पर्सिजा जाकार्ताबाट त्यहाँको लिग खेल्छन् । रोहित नहुँदा उनले खेल्दै आएको पोजिसनमा अर्को खेलाडीले खेल्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु