बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी रोजे, नामावलीसहित हेर्नुहोस
Breaking News

एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी रोजे, नामावलीसहित हेर्नुहोस

जुनेली न्यूज, काठमाण्डौ | प्रदेश २ मा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । उनीहरु बिहीबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा गएर एकीकृत समाजवादी दल रोजेको जानकारी गराएका हुन् ।

एकीकृत समाजवादी रोज्ने सांसदहरुमा निम्न रहेका छन् :
१-शत्रुधन महतो
2- गोविन्दबहादुर न्यौपाने
३- प्रमोद यादव
४- अशोककुमार यादव
5- मञ्जुकुमारी यादव
६- बेची लुंगेली
७- रवीन्द्र बैठा
८-नागेन्द्र राय यादव
९- हसिमा खातुन
१०-मनोज सेन श्रीवास्तव
सांसद दिल्ली उप्रेती उपचारका निम्ति भारतको दिल्लीमा रहेकाले उनले दूतावासमार्फत् आफ्नो सनाखत गराउने सांसद बेची लुंगेलीले जानकारी दिइन् ।
यस्तै, सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ खराब मौसमका कारण बिहीबार आउन नसकेको र अर्कादिन आएर सनाखत गर्ने लुंगेलीले बताइन् ।

प्रदेशमा नेकपा एमालेका २१ जना सांसद छन् । यसमध्ये १३ जना शुरुदेखि नै माधव नेपाल पक्षमा देखिँदै आएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु