बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपाल दलित संघको माग आज सुनुवाइ हुने सम्भावना
Uncategorized

नेपाल दलित संघको माग आज सुनुवाइ हुने सम्भावना

भदौ १७ काठमाडौ । दलित संघका सभापती तथा नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको राजिनामा पार्टीले गरेको भेदभाव र असमानताको लागि भएको कुरामा विरोधस्वरुप समर्थनमा दोस्रो दिन निम्न मागहरुको साथ व्यापक विरोध सभा भयो।
# नेपाल दलित संघको हाम्रो मागहरु:-
१)कम्तीमा १ महिला सहित ३ जना क्षेत्रीय प्रतिनिधि वडाबाट अनिवार्य गराउनु पर्ने।
२)इकाई कमिटि, नगर कमिटि, निर्वाचन प्रदेश कमिटि, क्षेत्रीय कमिटि र जिल्ला कमिटी सबै तहमा १ जना पदाधिकारी सहित १०% (प्रतिशत) अनिवार्य सहभागिता गराउनु पर्ने।
३)प्रदेश प्रतिनिधिमा १ महिला सहित २ जना अनिवार्य सहभागिता गराउनु पर्ने।
४)महाधिवेशन प्रतिनिधिमा १ महिला सहित २ जना अनिवार्य सहभागिता गराउनु पर्ने।
५)महासमिति सदस्यमा कम्तीमा १ जना अनिवार्य सहभागिता गराउनु पर्ने। पार्टीको वरिष्ठ नेता रामचन्द्र पौडेल, सुजता कोइराला, शशांक कोइराला, मिनेन्द्र रिजाल, प्रकाश मान सिंह आदिले विरोध कार्यक्रमका सहभागिलाइ आस्वासन दिएका छन।

फेसबुक प्रतिक्रियाहरु