शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर न. पा . वडा न. ५ को कांग्रेसको इकाई सभापतिमा शेखर सुवेदीले उम्मेदुवारी दिने घोषणा
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर न. पा . वडा न. ५ को कांग्रेसको इकाई सभापतिमा शेखर सुवेदीले उम्मेदुवारी दिने घोषणा

जुनेली न्यूज, काठमाण्डौ | नेपाली कांग्रेसको १४औं महाधिवेशनमा गोकर्नेश्वोर न. पा . वडा न. ५ को नेपाली कांग्रेसको इकाई सभापतिमा शेखर सुवेदीले उम्मेदवारी दिने घोषणा गरेका छन् । आज गरेको वृहत क्रियाशिल भेलामा इकाई सभापतिमा उम्मेदवार दिने घोषणा सुवेदीले गरेका हुन् । युवाहरुको लोकप्रिय तथा क्षमतावान र सहयोगी भावना भएका सुबेदीले सबै सबैको चाहना अनुरुप उम्मेदुवारी दिएको बताएका छन् | उनले क्रियाशिल साथीहरु र अग्रजहरुसँग छलफल गरी यो निर्णय लिएको पनि बताए  |

सिंगो पार्टीलाई बलियो बनाउन र पार्टीको विधान बमोजिम सबैलाई समेटेर लैजाने प्रतिवद्दताका साथ आफूले उम्मेदवारी दिएको घोषणा गरेको गरेका छन् |
उनले पार्टी एकताबद्ध भए नेपाली कांग्रेसको हित र जित दुबै हुने बताउँदै सबैको साथ र सल्लाह लिएर सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए ।
सहकार्य, सहमती र एकताको सन्देश बोकेर, तीन तहका चुनावमा पार्टीलाई जिताउने उदेश्यका साथ अगाडी बढेको बताउँदै सुवेदीले सबैबाट सहयोगको अपेक्षा राखेको बताए |

फेसबुक प्रतिक्रियाहरु