शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेता गगनकुमार थापा सामेल भए रामचन्द्र पौडेल समूहको बैठकमा
Breaking News

नेता गगनकुमार थापा सामेल भए रामचन्द्र पौडेल समूहको बैठकमा

जुनेली न्यूज, काठमाण्डौ | नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरेका नेता गगनकुमार थापा रामचन्द्र पौडेल समूहको बैठकमा सहभागी भएका छन् । बिहीबार (आज) संस्थापनइत्तर समूहबाट सभापतिको उम्मेदवार तय गर्नेगरी बसेको बैठकमा नेता थापा सहभागी भएका हुन् ।योसँगै कतिपयले नेता थापाले पौडेल समूहबाटै उम्मेदवारी दिने आँकलन गर्न थालेका छन् । गत भदौ १४ गते कामना–३० मा अनौपचारिक रूपमा महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरेका नेता थापाले ‘आफूले जित्ने’ बताएका थिए ।

यसअघि कृष्णप्रसाद सिटौला समूहमा खुलेका नेता थापा पौडेल समूहको बैठकमा सहभागी भएका हुन् । १३औं महाधिवेशनमा सिटौला समूहबाटै उम्मेदवार बनेका नेता थापाले ५८४ मत पाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु