शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काठमाडौं क्षेत्र नं ३ बाट सचिवमा प्रेम प्रसाद श्रेष्ठले उम्मेदवारी दिएको घोषणा
Breaking News

काठमाडौं क्षेत्र नं ३ बाट सचिवमा प्रेम प्रसाद श्रेष्ठले उम्मेदवारी दिएको घोषणा

जुनेली न्यूज, काठमाण्डौ | नेपाली कांग्रेसको १४औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं ३ को सचिवमा प्रेम प्रसाद श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले १४ औं महाधिवेशनबाट तीनै तहका चुनावमा क्षेत्रीय समितिलाई चलायमान बनाउन र पार्टीलाई बलियो बनाउन आफूले क्षेत्रीय सचिवमा उम्मेदवारी दिने घोषणा गरेको बताएका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं २ का नेपाली कांग्रेसका सभापति समेत रहेका श्रेष्ठले सिंगो पार्टीपंक्तिलाई बलियो बनाउन र पार्टीको विधान बमोजिम सबैलाई समेटेर लैजाने प्रतिवद्दताका साथ आफूले क्षेत्रीय सचिवमा उम्मेदवारी दिएको घोषणा गरेको गरेका छन् ।

२०५० सालबाट मीनभवन क्याम्पसमा विद्यार्थी कालबाट राजनीति शुरु गरेका श्रेष्ठ नेपाली कांग्रेसको राजनीतिका सक्रियताका साथ खटिदै आएका छन् । उनी गत स्थानीय चुनावमा नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षको उम्मेदवार समेत रहेका थिए | सामाजिक विकासका क्षेत्रमा समेत उनको अमुल्य योगदान छ | श्रेष्ठ बाल अधिकार तथा बाल संरक्षणको अभियानमा समेत लामो समयदेखि क्रियाशिल रहेका छन् ।

उनले क्षेत्रका १३ वटै इकाईका अग्रज र साथीभाईको सल्लाह सुझाव लिएर अगाडी बढेकोले उनीहरुकै सहयोग लिएर जित्ने विश्वास व्यक्त गरे । उनले पार्टीलाई विधि पद्धतीमा चलाउने प्रतिबद्धता व्यक्त गर्दै सबैबाट सहयोग पाउने विश्वास समेत व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु