शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने रोनाल्डो, कुन प्रतियोगितामा कति गोल गरे ? हेर्नुहोस
Breaking News

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने रोनाल्डो, कुन प्रतियोगितामा कति गोल गरे ? हेर्नुहोस

जुनेली न्यूज, काठमाण्डौ |पोर्चुगलका क्रिस्टियानो रोनाल्डो  अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् तोडे देइको कीर्तिमान तोड्दै उनि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका हुन् ।

सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडेपछि रोनाल्डोले यो विशेष क्षणमा रहेकोले खुशी व्यक्त गरे । ‘म धेरै खुसी छु । किनकि यो कीर्तिमान भंग गरेकोले मात्र होइन । तर विशेष अवस्थामा यो भएको छ,’ उनले भनेका छन्, ‘खेलको अन्तिम समयमा दुई गोल । टिमले जे गर्‍यो त्यसका लागि मैले धन्यवाद दिनुपर्छ । हामीले अन्तिमसम्म विश्वास गर्‍यौं । म कृतज्ञ छु ।’

विश्वकपको युरोपियन छनोट अन्तर्गत रिपब्लिक अफ आयरल्याणडविरुद्ध दुई गोल गर्दै रोनाल्डोले इरानका अली देइको नाममा रहेको १०९ गोलको कीर्तिमान तोडे । रोनाल्डोले दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा गोलसंख्या १११ पुर्‍याएका हुन् ।रोनाल्डोले खेलको अन्त्यतिर गरेको दुई गोलमा पोर्चुगलले नाटकिय रुपमा २-१ को जित हात पारेको थियो ।उनको पोर्चुगलका लागि व्यक्तिगत ११०औं र १११ औं गोल गरे । अली देइले सन् १९९३ देखि २००६ सम्म खेल्दै १०९ गोल गरेका थिए । रोनाल्डोले यसै वर्ष भएको युरोमा देइको कीर्तिमान बराबरी गरेका थिए ।

३६ वर्षीय फरवार्ड रोनाल्डोले एक गोलले पछि रहेको अवस्थामा ८९औं मिनेटमा बराबरी गोल गर्दै कीर्तिमान तोडेका थिए । त्यसपछि उनले इन्जुरी टाइममा गोल गर्दै टिमलाई समेत जित दिलाए ।खेलको १५औं मिनेटमै पोर्चुगलले पेनाल्टी पाए पनि रोनाल्डोल चुके । उनको प्रहार आयरल्यान्डका गोलरक्षक गभिन बाजुनुले रोकेका थिए । रिपब्लिक अफ आयरल्याण्डका लागि जोन एगानले ४५औं मिनेटमा गोल गरे ।

रोनाल्डोले रिपब्लिक अफ आयरल्याण्डविरुद्ध खेल्दै पोर्चुगलका लागि १८० क्याप जिते । उनले अन्तर्राष्ट्रिय पुटबलमा आफ्नो देशका लागि सर्वाधिक खेल खेल्ने स्पेनका सर्जियो रामोसको कीर्तिमान पनि बराबरी गरे ।

युरोकपको सर्वाधिक गोलकर्तासमेत रहेका रोनाल्डोले युरोमा १४ गोल गरेका छन् ।

रोनाल्डोले कुन प्रतियोगितामा कति गोल गरे ? हेर्नुहोस :

विश्वकप छनोट : ३३ गोल

युरोकप छनोट : ३१ गोल

अन्तर्राष्ट्रिय मेत्रीपूर्ण : १९ गोल

युरोकप : १४ गोल

फेसबुक प्रतिक्रियाहरु