शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नेपाली कांग्रेस पार्टीका कान्छा महाधिवेशन प्रतिनिधि, तथा नेपाल दलित विद्यार्थी संघका अध्यक्ष राजु सुनारले दिए आफ्नो राजिनामा
Uncategorized

नेपाली कांग्रेस पार्टीका कान्छा महाधिवेशन प्रतिनिधि, तथा नेपाल दलित विद्यार्थी संघका अध्यक्ष राजु सुनारले दिए आफ्नो राजिनामा

नेपाली कांग्रेस पार्टीका कान्छा महाधिवेशन प्रतिनिधि, तथा नेपाल दलित विद्यार्थी संघका अध्यक्ष राजु सुनारले
नेपाली कांग्रेस पार्टीले यश १४ औं महाधिवेशनमा षड्यन्त्र मुलक ढङ्गबाट दलित समुदायलाइ अपमान र अन्याय हुने गरि लागु गरिने निर्वाचन निर्देशिका मान्य हुन सक्दैन भन्दै राजु सुनारले राजिनामा दिएका छन। वर्तमान विधानको गलत व्यख्य गर्दै बनाइएको असमावेशी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेलपूर्ण तरिकाबाट बिना छलफल लागू गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यका लगायत मुलुकभरका दलित समुदायलाइ पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत:निषेध गर्ने देखिएको छ । तर पार्टीमा सधै बर्चस्व रहेको जाती वर्ग समुदायको सहभागिता र प्रतिनिधित्वको दर भने वृद्धि भएको देखिएको छ भनी अध्यक्ष सुनारले जनाए। यसैगरी यस्तो त्रुटिपूर्ण, अब्यावहारिक र अन्यायपूर्ण नीति लागू हुँदा आफू टूलुटूलु हेरेर बस्न नसक्ने र दलित अधिकारको खोजि र विरोध जायज भएकोले दलित विद्यार्थी सभापती तथा महाधिवेशन प्रतिनिधिको पदबाट राजिनामा दिएको हु भनी नेता सुनारले बताए।

फेसबुक प्रतिक्रियाहरु