शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पार्टीमा समावेशिता नभएको भन्दै काँग्रेसका केन्द्रीय सदस्य माननीय मीन विश्वकर्माले दिए राजीनामा
Breaking News

पार्टीमा समावेशिता नभएको भन्दै काँग्रेसका केन्द्रीय सदस्य माननीय मीन विश्वकर्माले दिए राजीनामा

जुनेली न्यूज, काठमाण्डौ | नेपाली कांग्रेसका केन्द्रिय समितिका सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मिन बिश्वोकर्माले दुवै  पदबाट राजीनाम दिएको घोषणा गरेका छन् | उनले आज काँग्रेसको पार्टी कार्यालयमा पुगेर राजिनामा दिएका हुन् |

नेपाली कांग्रेस पार्टीको स्थापना कालदेखी १३औ महाधिवेसन सम्म सबै क्षेत्रको जातीय, क्षेत्रीय , लिंगीय समबेशितालाई बिधान बमोजिम प्रयोग हुदै आएपनि वर्तमान बिधानमा समाबेशी नभएको र गलत रहेको भन्दै बिश्वोकर्माले राजीनामाको घोषणा  गरेका हुन्  |

१४ औं महाधिवेशनमा षड्यन्त्रमुलक ढङ्गबाट दलित समुदायलाइ अपमान र अन्याय हुने गरि लागु गरिने निर्वाचन निर्देशिका मान्य हुन सक्दैन भन्दै मीन विश्वाकर्माद्वारा राजिनामा दिएका छन। वर्तमान विधानको गलत व्यख्य गर्दै बनाइएको असमावेशी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेलपूर्ण तरिकाबाट बिना छलफल लागू गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यका लगायत मुलुकभरका दलित समुदायलाइ पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत:निषेध गर्ने देखिएको छ |

यसैगरी यस्तो त्रुटिपूर्ण, अब्यावहारिक र अन्यायपूर्ण नीति लागू हुँदा आफू टूलुटूलु हेरेर बस्न नसक्ने र दलित अधिकारको खोजि र विरोध जायज भएकोले केन्द्रिय तथा भ्रातृसंगठनको अध्यक्ष पदबाट राजिनामा दिएको हु भनी विश्वकर्माले बताए।
तर पार्टीगत सिधान्त, नीति र आदर्श प्रति प्रतिबद्द रही न्याय , समानता र स्वतन्त्रताकोलागि सधैव लडी रहने उनले प्रण गरेका छन्

फेसबुक प्रतिक्रियाहरु