बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • तीनवटा रिट लिएर अदालत गयो एमाले
Breaking News

तीनवटा रिट लिएर अदालत गयो एमाले

जुनेली न्यूज, काठमाण्डौ | प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख र निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । । (एमाले) तीनवटा मुद्दा लिएर सर्वोच्च अदालत रिट दर्ता गरेको छ । निर्वाचन आयोग, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीमगरविरुद्ध एमाले सर्वोच्च गएको हो । एमालेले सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको अधिवक्ता बाबुराम दाहालले जानकारी दिए ।

यसअघि बसेको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोग र सभामुख सापकोटाविरुद्ध कानूनी उपचार खोज्ने निर्णय गरेको थियो ।

पार्टीले कारबाही गरेको १४ सांसदमाथिको कारबाही सभामुख सापकोटाले रोकेर राखेको र निर्वाचन आयोगले तिनै कारबाहीमा परेका सांसदको सनाखत सदर गर्दै दल दर्ताको प्रमाणपत्र दिएको भन्दै एमाले सर्वोच्चमा रिट दिएको छ |

फेसबुक प्रतिक्रियाहरु