बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काठमाण्डौ उपत्यकामा पाच महिनादेखि जारी निषेधाज्ञा आजबाट खुल्यो
Breaking News

काठमाण्डौ उपत्यकामा पाच महिनादेखि जारी निषेधाज्ञा आजबाट खुल्यो

जुनेली न्यूज, काठमाण्डौ | आज बसेको काठमाडौँ उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा खुलेको छ । पाँच महिनादेखि जारी निषेधाज्ञा खुलाउने निर्णय आज बसेको बैठकले गरेको हो ।

निषेध भन्ने शब्दलाई हटाएर आदेश जारी गरिएको भन्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य मापदण्डहरू पालना गरेर क्रियाकलाप सञ्चालन गर्न सकिने भन्ने मोडालिटीमा गएको बताए ।‘निषेध भन्ने शब्दलाई हटाएर हामीले आदेश जारी गरेका छौँ । स्वास्थ्य मापदण्डहरू पालना गरेर क्रियाकपलाप सञ्चालन गर्न सक्ने भन्ने मोडालिटीमा गयौँ,’ उनले भने ।

प्रशासन कार्यालयले जारी गरेका आदेशहरू भोलि (बिहीबार)देखि भदौ मसान्तसम्म लागू हुने प्रजिअ पराजुलीले बताए ।

 

May be an image of text

फेसबुक प्रतिक्रियाहरु