बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • सांसद बिरोध खतिवडाको प्रस्तावमा एकीकृत समाजवादी पार्टीको मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई
Breaking News

सांसद बिरोध खतिवडाको प्रस्तावमा एकीकृत समाजवादी पार्टीको मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई

जुनेली न्युज, काठमाण्डौ । नेकपा एकीकृत समाजवादी पार्टीको आज बसेको संसदीय दलको पहिलो बैठकमा मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले मन्त्री छान्ने अधिकार नेपाललाई दिने प्रस्ताव पास गरेको हो । सांसद विरोध खतिवडाले मन्त्री छान्ने अधिकार अध्यक्षलाई दिने प्रस्ताव गरेका थिए र उक्त प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो।

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने निर्णय गत शुक्रबार नै गरिसकेको छ ।

बैठकमा अध्यक्ष नेपालले पनि पहिले दलको कार्यालयका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै सांसद प्रेमबहादुर आलेले संसदीय समितिहरुमा पार्टीको उपस्थिति बलियो बनाउनुपर्ने जोड दिएका छन् । संसदीय समितिको सभापतिमा को–को पठाउने भन्ने पनि छलफल गर्नुपर्ने उनको प्रस्ताव थियो ।

 

 

फेसबुक प्रतिक्रियाहरु