बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • ‘ ओली जी महालेखाको प्रतिवेदन पढ्नुस् त ।’- माधवकुमार नेपाल
Breaking News

‘ ओली जी महालेखाको प्रतिवेदन पढ्नुस् त ।’- माधवकुमार नेपाल

जुनेली न्यूज, काठमाण्डौ | एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलेजस्तो काम कसैले गरेको छैन भनेर दाबी गर्नेले महालेखा परीक्षकको प्रतिवेदन पढ्न आग्रह गरेका छन् ।

ओलीले आफूले जे बोल्यो, त्यो ब्रह्मवाक्य हुनुपर्ने सोच्ने गरेको र आफूलेजस्तो काम कसैले गरेको छैन भन्ने दाबी गर्ने ओलीको घमण्ड रहेको नेपालले बताए |   उनले भने, ‘महालेखाको प्रतिवेदन पढ्नुस् त ।’ओली काण्ड लगायतका विषयमा प्रश्न उठ्दा ओलीले कहिल्यै छानविन गर्न गम्भीरता नदेखाएको उनले बताए । ‘यदि उहाँको संलग्नता छैन भने छानविन गर्न किन बाधा गर्नुपर्यो ?’ उनले ओलीलाई प्रश्न गरेका छन् ।एमाले विभाजन गरेर बनाएको नयाँ पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष नेपालले ओलीको चर्को आलोचना गरेका छन् |

फेसबुक प्रतिक्रियाहरु