बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • निर्वाचन आयोगको निर्णयविरुद्ध र सभामुखविरूद्ध नेकपा एमाले अदालत जाने,
Breaking News

निर्वाचन आयोगको निर्णयविरुद्ध र सभामुखविरूद्ध नेकपा एमाले अदालत जाने,

जुनेली न्यूज, काठमाण्डौ |नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेले कानुनी उपचार खोज्ने भएको छ। प्रमुख पतिपक्ष दल रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन आयोग र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध आजै सर्वोच्च अदालत जानेगरी अन्तिम तयारीमा जुटेको हो ।बिहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै अदालत जाने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले बताएका छन् |

प्रवक्ता ज्ञवालीले भने  ‘निर्वाचन आयोगबाट विवादास्पद निर्णय भएका छन्। पार्टीले कारबाही गरेर त्यसको सूचना दिएको अवस्थामा र अनुपस्थित भएकाहरूलाई पनि सनाखत गराउने काम भएको छ। यसको हामी कानुनी प्रतिवाद गर्छौँ,’
यस्तै, पार्टीले सांसदलाई कारबाही गरेको निर्णय पठाउँदा पनि सभामुखले त्यसको सूचना प्रकाशन नगरेकोमा एमालेले आपत्ति जनाएको छ। सभामुखको कदमविरुद्ध संसदीय अभ्यासअनुसार विरोध गर्ने ज्ञवालीले बताए।

 

फेसबुक प्रतिक्रियाहरु