शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • निर्वाचन आयोगले ५५ केन्द्रीय सदस्य र २९ जना सांसदहरूको सनाखत गर्ने
Uncategorized

निर्वाचन आयोगले ५५ केन्द्रीय सदस्य र २९ जना सांसदहरूको सनाखत गर्ने

भदौ ९काठमाडौं | निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) मा जान चाहने तत्कालीन एमालेका ५५ केन्द्रीय सदस्य र २९ जना संघीय सांसदहरुको सनाखत गर्ने भएको छ ।

 

एमालेमा रहेका ३१ सांसद र ५८ केन्द्रीय सदस्यसहितलाई समेटेर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्न निवेदन दिइएको थियो । तर, हस्ताक्षर नभएकै कारण २९ सांसद र ५५ केन्द्रीय सदस्यको मात्रै सनाखत गराउने गरी आयोगले सूचना निकालेको हो । संघीय संसद्का ३१ मध्ये शारदादेवी भट्ट र शान्तिकुमारी अधिकारी जीसीको हस्ताक्षर थिएन । अधिकारीको नाम दुई ठाउँमा समावेश गरिएको थियो । त्यसैले आयोगले २९ जना सांसदको मात्रै सनाखत गराउन लागेको हो ।

 

एमाले परित्याग गरी नयाँ पार्टीमा जान दल दर्ताको निवेदनमा नाम समावेश नभएकाहरुको आयोगले सनाखत नगर्ने भएको छ ।

नयाँ दल दर्ता गर्न चाहनेले आफूसँग साविक पार्टीका २० प्रतिशत भएको दाबी गरे पनि आयोगले कार्यालयमै उपस्थित गराई हस्ताक्षर गरेर प्रमाणित गर्न लागेको हो ।

राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ को उपनियम ५ मा साविकको दलको केन्द्रीय समिति वा संघीय संसद्को २० प्रतिशत समर्थन रहे/नरहेको विषयमा समेत जाँचबुझ गर्न सदस्यहरूलाई आयोगमा उपस्थित गराएर सनाखत गराउन सक्ने प्रावधान छ ।

फेसबुक प्रतिक्रियाहरु