शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • तालिबानले अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त गर्यो
Uncategorized

तालिबानले अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त गर्यो

९भदौ, काठमाण्डौ | २० बर्षपछी पुन:अफगानिस्तानको सत्ता सम्हालेपछि सरकार गठनको प्रक्रीया अघि बढाएको तालिबानले अर्थमन्त्री र कार्यबाहक गृहमन्त्री नियुक्त गरेको छ |

साथै तालिवानले गुप्तचर प्रमुख, काबुलको गभर्नर र शिक्षा विभाग प्रमुख पनि नियुक्ति गरेको छ | अफगानिस्तानको पाजहोक समाचार एजेन्सीलाई उदृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले लेखेअनुसार तालिबानले मंगलबार गुल आगालाई अर्थमन्त्री र सदर इब्राहिमलाई कार्यवाहक गृहमन्त्री बनाएको हो |न यसैगरी सखउल्लाहलाई कार्यवाहक शिक्षा प्रमुख र अब्दुल बाकीलाई उच्च शिक्षाको कार्यवाहक प्रमुख बनाइएको छ |

मुल्ला शिरिन काबुलको गभर्नर, हमदुल्ला नोमानी काबुलको मेयर र नाजिबुल्लाह गुप्तचरको प्रमुख नियुक्त भएका छन् | तालिबानले यस अघि आफ्नो प्रवक्ता जबिहुल्लाह मुजाहिद्लाई  संस्कृति तथा सूचनामन्त्री नियुक्त गरेको थियो|

 

 

फेसबुक प्रतिक्रियाहरु