बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • १२ जना सरकारी वकिलहरुलाई नेशनल दलित लयर्स फोरमको सम्मान
शिक्षा

१२ जना सरकारी वकिलहरुलाई नेशनल दलित लयर्स फोरमको सम्मान

जुनेली न्युज, काठमाडौँ | नेशनल दलित लयर्स फोरमले दलित समुदायको तर्फबाट न्याय, कानून, सरकारी वकिल तर्फ शाखा अधिकृत पदको परिक्षामा सफल भै नियुक्ती लिनु  हुने  सफल १२ जना शाखा अधिकृतहरुलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ |

न्याय क्षेत्रमा पहिलो पटक यसरी दलित समुदायको तर्फबाट एकै पटक १२ जना ब्यक्तिहरु शाखा अधिकृत हुन सफल हुनु भएको छ । मिति २०७८ साल भाद्र महिना ७ गते नेपाल बार एशोसियसनको हलमा गरिएको यो सम्मान कार्यक्रम नेशनल दलित लयर्स फोरमको अध्यक्ष नारायण नेपालको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा पूर्व मन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिन बहादुर विश्वकर्माले शाखा अधिकृतहरुलाई बधाई ज्ञापन गर्दै यस्तो कार्यक्रमको शुरुवात गरेकोमा नेशनल दलित लयर्स फोरम प्रति आभार प्रकट गर्दै न्याय क्षेत्रमा दलित समुदायको जनशक्ति यथेष्ट भएमा न्यायको पहुँचबाट दलित समुदाय बन्चित हुन नपर्ने र आगामी दिनमा सार्वजनिक प्रशासनमा दलित समुदायको पहुँचको लागि सरोकारवाला निकाय ले आवश्यक कदम चाल्नुपर्ने बताउनु भयो ।

No description available.

कार्यक्रममा राष्ट्यि दलित आयोगको पुर्व सदस्य सचिव सिताराम घले, दलित गैर सरकारी महासंघका अध्यक्ष भक्त विश्वकर्मा, अधिवक्ता मोहन सा शंकर, श्याम विश्वकर्मा, भोजमान लाम्गादे, चक्रमान विश्वकर्मा, राम बहादुर मिजार, सुन्दर सेनी, बाल माया विश्वकर्मा, बाल्मिकी आउजी, डाल कुमार विश्वकर्माले शाखा अधिकृतहरु ले दलित समुदायलाई अधिकारलाई लागि चनाखो हुनुपर्ने भनि शुभकामना मनब्य दिनुभयो । सम्मानित शाखा अधिकृतहरुको तर्फबाट विर बहादुर बि.क र सम्झना घिमिरेले नेशनल दलित लयर्स फोरमले सम्मान कार्यक्रम आयोजना गरी प्रोत्साहन गरेकोमा आभार प्रकट गर्दै दलित अधिकारको लागि सधैं सचेत रहने भनि मनतब्य राख्नु भयो । नेशनल दलित लयर्स फोरमले शाखा अधिकृतहरुलाई कार्यक्रममा प्रमाण पत्र प्रदान गरी सम्मान गरेको छ ।

No description available.

फेसबुक प्रतिक्रियाहरु