शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कोरोना खोप लगाउन वडा अध्यक्ष रमेश अर्यालको वडा बासीहरुलाई अनुरोध
गोकर्नेश्वोर बिशेष

कोरोना खोप लगाउन वडा अध्यक्ष रमेश अर्यालको वडा बासीहरुलाई अनुरोध

जुनेली न्यूज, काठमाण्डौ | कोरोना भाइरस बिरुद्धको खोप नलगाएका १८ बर्ष माथि उमेर समुहका सबै व्यक्तिहरुलाई कोभिड-१९ बिरुद्धको Astrazeneka खोपको पहिलो मात्रा लगाउनको लागि| गोकर्नेश्वोर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रमेश अर्यालले सूचना जारी गरि जानकारी गराएका छन् |

अध्यक्ष अर्यालका अनुसार जापान सरकार बाट प्राप्त भएको उक्त कोरोना भाइरस बिरुद्दको खोप १८ बर्ष भन्दा माथिका सबै व्यक्तिहरुलाई मिति २०७८ भद्र ८ गरेका दिन बिहान ११:०० बजेदेखि अपरान्ह ४:०० बजे सम्म गोकर्नेश्वोर नगरपालिका वडा न. ६ को श्री चामुण्ड मां. विं. मा लागाइने बताएका छन् |

साथै खोप सेवा लिन आउदा आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रुपमा साथमा लिई आउन नगरपालिकाको वडा कार्यालयले बताएको छ |

फेसबुक प्रतिक्रियाहरु