मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • लकडाउन अवधिमा मात्र नेपाल एयरलाइन्सलाई १० अर्ब ७६ करोड घाटा
Uncategorized

लकडाउन अवधिमा मात्र नेपाल एयरलाइन्सलाई १० अर्ब ७६ करोड घाटा

९ भदौ, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले २०७६ चैतदेखि  २०७७ असारसम्मको अवधिमा १० अर्ब ७६ करोड रुपैयाँ आम्दानी गुमाएको छ । कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण आर्थिक वर्ष २०७६/७७ को चैतदेखि नेपालमा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियो ।

जसले गर्दा सरकारी स्वामित्वको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको आम्दानीमा असर गरेको हो । १० चैतपछि असार मसान्त २०७७ सम्म चार्टर्ड उडान बाहेकका नियमित उडान बन्द भएका थिए । नेपाल एयरलाइन्सले कोभिड-१९ को प्रभावबारे अर्थ मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा यसबारे उल्लेख छ ।

यो अवधिमा कुल १० अर्ब ७६ करोड ५२ लाख रुपैयाँ आम्दानी गुमेको नेपाल एयरलाइन्सले जनाएको छ । महामारीका कारण सेवा बन्द हुनु, देशभित्र र बाहिरका यात्रुले अग्रिम रुपमा लिएका टिकट वापतको रकम फिर्ता गर्नुपरेको र ग्राउण्ड हृयान्डलिङ वापतको राजस्व समेत गुमेको नेपाल एयरलाइन्सको भनाइ छ । असारपछि भने गन्तब्य अनुसार नियमित उडान क्रमशः खुकुलो बन्दै गएको थियो ।

फेसबुक प्रतिक्रियाहरु