सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कोभिडविरुद्धको एस्ट्राजेने खोप थप ८ लाख डोज जापानले नेपाललाई पठाउदै
Breaking News

कोभिडविरुद्धको एस्ट्राजेने खोप थप ८ लाख डोज जापानले नेपाललाई पठाउदै

जुनेली न्यूज काठमाण्डौ | जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोभिडविरुद्धको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये बाँकी करिब ८ लाख डोज शनिबार र सोमबार भित्र नेपाल आइपुग्ने भएको छ।

नेपालस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गरेर नेपाललाई दिन बाँकी ८ लाख खोप छिट्टै आउन लागेको जनाएको हो। नेपालका लागि जापानी राजदूत किकुता युताकाले खोप सहयोग दुई मुलुक बीचको मित्रताको प्रतिक भएको बताएका छन्।

कोभ्याक्स सुविधाअन्तर्गत जापान सरकारले नेपाललाई १६ लाख १४ हजार ७४० डोज खोप निःशुल्क उपलव्ध गराउने घोषणा गरेको छ। त्यसमध्ये करिब ८ लाख डोज खोप २३ र २४ साउनमा नेपाल आइपुगेको थियो।

 

फेसबुक प्रतिक्रियाहरु