सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रवेश पत्रको आधारमा विद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप दिन सुरु,
Breaking News

प्रवेश पत्रको आधारमा विद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप दिन सुरु,

४० वर्ष माथिका व्यक्तिले पनि लाउन पाउने

जुनेली न्यूज काठमाण्डौ | चिनियाँ कम्पनीको कोरोना भाइरस बिरुद्धको भेरोसेल खोपको पहिलो मात्रा १८ वर्ष उमेर पूरा भएका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका अन्य व्यक्तिलाई आजदेखि लगाइदै छ |

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षभन्दा माथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने बताए ।खोप लगाउन परीक्षाको प्रवेशपत्र र उमेर खुल्ने कागजात देखाउनु पर्ने छ ।

यहाँ उल्लेखित खोप केन्द्रहरु खोप लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौं बताएको छ | खोप केन्द्र निम्न छन् :
‎सशस्त्र प्रहरी अस्पताल, बलम्बु
वीरेन्द्र सैनिक अस्पताल, छाउनी
राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
वीर अस्पताल, रत्नपार्क
निजामति कर्मचारी अस्पताल, वानेश्वर
परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
शिक्षण अस्पताल, महाराजगञ्ज
काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र
अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्

यो खोप लगाउने अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सन्चालन हुने छ । बिहान १० बजेखि साँझ ५ बजेसम्म काठमाडौं महानगरपालिकाका सबै वडाबाट खोप लगाइने छ । खोप लगाउने सम्बन्धी सूचनामा ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई पनि खोप दिइने उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु