शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • “सभामुख न्यायाधीश होइन, सूचना टाँसिदिने हो”- केपी शर्मा ओली
Breaking News

“सभामुख न्यायाधीश होइन, सूचना टाँसिदिने हो”- केपी शर्मा ओली

जुनेली न्यूज, काठमाण्डौ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटालाइ ‘सभामुख न्यायाधीश होइन, सूचना टाँसिदिने हो भन्दै आलोचना गरेका छन् |साथै उनले त्यही पदमा रहिरहने कि पार्टीको कार्यकर्ता हुने भन्ने रोज्नुपर्ने पनि बताएका छन् ।

एमालेले १४ सांसदलाई पदमुक्त गर्न पत्र लेखेको तीन दिन हुँदा पनि केही नगरेको भन्दै आक्रोस पोखे । अझै कागजपत्र हेर्छु भनेको भन्दै उनले भनेका छन्, ‘सभामुख न्यायाधीश होइन, सूचना टाँसिदिने हो ।’
माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम नगर्न चेतावनी दिए । एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन ?’

गैरकानूनी ढंगले संसद चल्न नसक्ने भन्दै उनले सभामुख रहने कि पार्टी कार्यकर्ताको भूमिकामा फर्किने रोज्न आग्रह गरे । उनले भने, ‘एउटा पार्टीको कार्यकर्ता भएर सभामुख हुन सकिँदैन । सभामुख भएपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ, होइन भने सभामुख छोडिदिए हुन्छ ।’

फेसबुक प्रतिक्रियाहरु