शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • संसद रेशम चौधरीको रिहाइको माग गर्दै थारुहट थारुवान राष्ट्रिय मोर्चाको माइतीघरमा बिरोध प्रदर्शन
Breaking News

संसद रेशम चौधरीको रिहाइको माग गर्दै थारुहट थारुवान राष्ट्रिय मोर्चाको माइतीघरमा बिरोध प्रदर्शन

जुनेली न्यूज, काठमाण्डौ | कैलालीको टीकापुरमा थरुहट, थारुवान आन्दोलन भएको ६ वर्ष पुगेको अवसरमा काठमाडौंमा प्रदर्शन भएको छ । थारुहट थारुवान राष्ट्रिय मोर्चाको आयोजनामा बुधबार, बिहीबार र शुक्रबार तीन दिन काठमाडौंको माइतीघरमा प्रदर्शनको कार्यक्रम छ ।

प्रदर्शन र धर्नामा सहभागीले सांसद रेशम चौधरीको रिहाइ, गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक, टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेकाहरुलाई रिहाइ गर्न माग गरेका छन् ।

प्रदर्शनमा बृहत नागरिक आन्दोलन पनि सहभागी भएको छ । प्रदर्शनमा नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायतका नागरिक पनि सहभागी भएका छन् । प्रदर्शनमा सांसद रेशम चौधरीको छोरा पनि प्लेकार्डसहित सहभागी भएका छन् ।थारु समुदाय बहुल क्षेत्र छुट्टै प्रदेशको माग गर्दै कैलालीको टीकापुरमा थारु समुदायले गरेको प्रदर्शनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो । उक्त घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरी हाल कारागारमा छन् ।

फेसबुक प्रतिक्रियाहरु