आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • १० बुँदे सहमति कार्यान्वयनको माग गर्दै नेकपा एमालेका ९ जना नेताले दिए सयुक्त विज्ञप्ति
Breaking News

१० बुँदे सहमति कार्यान्वयनको माग गर्दै नेकपा एमालेका ९ जना नेताले दिए सयुक्त विज्ञप्ति

जुनेली न्यूज काठमाण्डौ | माधवकुमार नेपालको साथ छोडेका एमालेका ९ जना नेताले संयुक्त विज्ञप्तिमार्फत पार्टीको विवाद समाधानका लागि बनाइएको कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन नुहँदा पार्टी फुटेको बताएका छन् ।

विज्ञप्ति जारी गर्नेहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।यसअघि उनीहरुले नेपाललाई साथ दिएका थिए | ‘कार्यदलले सिफारिस गरेको सहमति एकताको बलियो आधार थियो, त्यसले पार्टी पंक्तिमा आशा र उत्साह जगाएको थियो । तर, त्यस सिफारिसलाई नेताहरूले ग्रहण गर्न र समझदारी लागू गर्न नसक्दा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भयो,’ विज्ञप्तिमा भनिएको छ ।

‘अध्यादेश पछि विभाजित पार्टीको एकताका लागि हामी सम्भव सबै उपायको खोजी र अवलम्बनमा क्रियाशील छौँ । पार्टीलाई विभाजन र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयन गर्न हामी हार्दिक आग्रह गर्दछौँ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पार्टी अध्यक्षको हैसियतले पार्टीको हितमा अधिकतम् लचिलो हुँदै वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल लगायत १४ जनालाई गर्ने भनिएको कारबाही लगायत सबै प्रकारका कारबाही रद्द गर्न हामी हार्दिक आग्रह गर्दछौँ ।’
अहिले आफूहरू विभाजित पार्टी एकताका लागि प्रयास गरिरहेको बताएका उनीहरूले माधव नेपाल पक्षका १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिएर १० बुँदे सहमति कार्यान्वयन गर्नसमेत आग्रह गरेका छन् ।

विज्ञप्ति;

फेसबुक प्रतिक्रियाहरु