शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कोरोना सङ्क्रमणबाट राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष महेन्द्र शेरचनको निधन
Breaking News

कोरोना सङ्क्रमणबाट राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष महेन्द्र शेरचनको निधन

जुनेलो न्यूज, काठमाण्डौ | राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ । कोरोना सङ्क्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत शेरचनको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

शेरचनका श्रीमती, तीन छोरा र एक छोरी छन् । राजधानी डेली डटकमका सम्पादक ध्रुव लम्सालले आजै ११;०० बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिनेबताएका छन् |

अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता सङ्गठन मिडिया सोसाइटीका अध्यक्ष थिए । शेरचन सञ्चारमाध्यम सञ्चालकको संस्था मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य तथा वैदेशिक रोजगार क्षेत्रमा कार्यरत शेरचन वैदेशिक रोजगार व्यवसायी सङ्घको संस्थापक अध्यक्ष समेत थिए ।

फेसबुक प्रतिक्रियाहरु