मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • “अझै पनि म एकताकै पक्षमा छु, म त ‘नेपाल’ लाई अझै आउन आग्रह गर्छु”-सुवासचन्द्र नेम्वाङ्ग
Breaking News

“अझै पनि म एकताकै पक्षमा छु, म त ‘नेपाल’ लाई अझै आउन आग्रह गर्छु”-सुवासचन्द्र नेम्वाङ्ग

जुनेलो न्यूज, काठमाण्डौ | नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले अलग पार्टी दर्ता गरेका माधवकुमार नेपाललाई एमालेमा फर्किन आग्रह गरेका छन् ।

आफू पहिलेदेखि नै एकताको पक्षमा रहेको उल्लेख गर्दै उनले भने, ‘अझै पनि म एकताकै पक्षमा छु, म त उहाँ (नेपाल)लाई अझै यही आग्रह गर्छु । केही बिग्रेको छैन, पार्टीमै फर्किनुस् भनेर ।’

नेता नेम्वाङ्गले नेपाल समूहमा एमालेको सानो हिस्सा मात्रै गएको दाबी गरे । ‘हिजो उही कित्तामा उभिनुभएको साथीहरूले उहाँ (नेपाल)को साथ छोडिसक्नुभएको छ,’ नेता नेम्वाङ्गले भने, ‘तै पनि यति राम्रो पार्टीलाई विभाजन गरेर के पाइन्छ र ? आउनुस् तपाईं पनि भनेर मैले आग्रह गरेको छु ।’

तर उता नेपाल पक्षले होजो रास्ट्रपतिले दल विभाजनको अध्यादेश प्रमाणीकरण गरेसगै नया पार्टी दर्ता गरिसकेका छन् | नया दलको नाम नेकपा एमाले समाजवादी र चुनाव चिन्ह पुस्तक रहेको छ भने नयाँ दलको अध्यक्षमा माधवकुमार नेपाल हुन् |

फेसबुक प्रतिक्रियाहरु