शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आरक्षणको व्यवस्थामाथी नै प्रश्न उठ्ने गरि सर्वोच्चको फैसला, नेपाल दलित बिधार्थी संघले आन्दोलन गर्ने
शिक्षा

आरक्षणको व्यवस्थामाथी नै प्रश्न उठ्ने गरि सर्वोच्चको फैसला, नेपाल दलित बिधार्थी संघले आन्दोलन गर्ने

जुनेली न्युज, काठमाडौ । नेपालको संविधानले दिएको आरक्षणको  व्यवस्थामाथी नै प्रश्न उठ्ने गरि सर्वोच्चले गरेको फैसलाप्रती तिक्तता व्यक्त गर्दै नेपाल दलित विबिधार्थी संघले  छलफल कार्यक्रम गर्ने भएको छ |

चिकित्सा शिक्षा जस्तो सन्वेदनशील बिषयको पठनपाठनका लागि उच्छ तहको अध्ययनमा कम गुणस्तर ल्याउने किसिमबाट आरक्षण गरिनुपर्छ भन्ने संविधानको भावना नभएको तर स्नातकोत्तर शिक्षा विशेष प्राविधिक बिषय भएको, एक पटक आरक्षण भैसकेपछी पटक पटक आरक्षण हुनु समानताको मान्यता विपरित हुन जाने तथा यसबाट योग्यता प्रणालीमा समस्या आउने ठहर सम्माननिय अदालतले गरेको कुरालाइ राख्दै स्नातक तहमा आरक्षण हुने र स्नाकोत्तर तहमा नहुने कारण के हो? भन्ने प्रश्नमा अदालत मौन देखिएको कुरा स्रोत बाट जानकारी भएको छ।

यसै सिलसिलामा नेपाल दलित विद्यार्थी संघको आयोजनामा हुन गइरहेको एक दिने अन्तरक्रिया कार्यक्रमलाइ लक्षित गरि आवस्यकता परेको खण्डमा विद्यार्थी संघ आन्दोलनमा उत्रिने पनि छ भनी अध्यक्ष राजु सुनारले बताए।

 

फेसबुक प्रतिक्रियाहरु