आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि महन्थ ठाकुरपक्ष निर्वाचन आयोगमा
Breaking News

जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि महन्थ ठाकुरपक्ष निर्वाचन आयोगमा

जुनेली न्यूज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता नपाएपछि दलविहीन बनेका महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवदेन दिएका छन् ।सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिनेगरी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्न ठाकुर पक्षले निवेदन दिएका हुन् |

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरु जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।

सांसद चन्दा चौधरीका अनुसार नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहनेछन् भने राजेन्द्र महतो वरिष्ठ नेता रहनेछन् । उनीहरुसहित २५ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद छन् ।

ठाकुर पक्षले नयाँ दलको चुनाव चिह्नमा साइकल प्रस्ताव गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु