आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नेपाल समूहले नयाँ दल दर्ता गर्ने तयारी तीव्र,नाम र चुनाव चिन्ह यस्तो छ …
Breaking News

नेपाल समूहले नयाँ दल दर्ता गर्ने तयारी तीव्र,नाम र चुनाव चिन्ह यस्तो छ …

जुनेली न्यूज, काठमाण्डौ | नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ता गर्ने तयारी तीव्र बनाएको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिनेगरी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी तीव्र बनाएको हो ।

नयाँ दलको नाम नेकपा एमाले समाजवादी र चुनाप चिह्न पुस्तक राख्ने मोटामोटी सहमति भइसकेपनि निर्णय भने हुन बाँकी रहेको एक नेताले जानकारी दिए । अहिले केन्द्रीय समितिको बैठकबाट निर्णय गरी आजै निर्वाचन आयोगमा जाने तयारी गरिएको उनले बताए ।

आज थप छलफल गर्ने कुरा भएमा भोलिमात्र आयोग जान सकिने पनि उनको भनाइ छ । सबैकुरा आधिकारिक रुपमा निर्णय हुन भने बाँकी रहेको र केन्द्रीय समितिको बैठकले निर्णय गर्ने उनले जानकारी दिए ।

नयाँ दलको अध्यक्षमा माधवकुमार नेपाल रहने उनले बताए । अध्यादेश आएपछि जनता समाजवादी पार्टीको ठाकुर-महतो पक्षले जसपा लोकतान्त्रिक नामको नयाँ दल दर्ता गर्ने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु