शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काठमान्डौमा जताततै दुर्गन्धित फोहोर, वर्षात् नरोकिएमाअझै केही दिन फोहोर नउठ्ने मेयरको भनाइ
Breaking News

काठमान्डौमा जताततै दुर्गन्धित फोहोर, वर्षात् नरोकिएमाअझै केही दिन फोहोर नउठ्ने मेयरको भनाइ

जुनेली न्यूज, काठमाण्डौ | फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाको विभिन्न शहरमा केही हप्तादेखि फोहोर उठ्न सकेको छैन । उपत्यकाको विभिन्न ठाउहरुमा फोहोर थुप्रिएका छन् | फोहोरको दुर्गन्धले आवतजावत गर्न नसकिने अवस्था छ | एक त कोरोनको महामारी त्यसमाथि दुर्गन्धित फोहोरले हाम्रो दैनिकीमा प्रत्यक्ष प्रभाव परेको छ |
हाल काठमाडौं उपत्यकाका विभिन्न शहरमा सडक छेउ र सार्वजनिक स्थलमा फोहोर थुप्रिएका छन् ।मिसिएको फोहोर महानगरले नउठाउने

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात्का कारण सिसडोल सडकखण्डमा पहिरो जाने तथा बिग्रिने हुँदा गाडी जान नसकेको बताए । वर्षात् रोकिएमा फोहोरको गाडी पठाउन सक्ने तर नरोकिएमा अझै केही दिन फोहोर नउठ्ने पनि उनले बताए ।

‘वर्षातको कारणले जहाँ सिसडोलमा फोहोर व्यवस्थापन गरिरहेका छौँ, त्यहाँ गाडी जानसक्ने स्थिति रहेन । हिजो पहिरो गएर बाटोको समस्या रह्यो, पहिरो पन्छाइसकेका छौँ । सहज रुपमा गाडी जान सकेका छैनन्’ मेयर शाक्यले भने, ‘यसकारण जुन मात्रामा फोहोर संकलन गरेर त्यहाँ व्यवस्थापन गर्नुपर्ने हो त्यो भइरहेको छैन ।’

सिसडोलदेखि बञ्चरेडाँडाँसम्म जाने सडक सडक विभागले छिट्टै बनाइदिए फोहोरको समस्या समाधान हुने उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु