शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
Breaking News

सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

जुनेली न्यूज, काठमाण्डौ | सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ | सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश दिएको थिएन । बिजनेश नहुँदा प्रतिनिधिसभा प्रभावकारी हुन नसकेको गुनासो सांसदहरुले नै गर्दै आएका छन् ।सरकार संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने तयारी गरेको स्रोतको भनाइ छ ।

सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको संसदको पहिलो बैठक ३ साउनमा बसेको थियो । त्यही दिन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पनि लिएका थिए । त्यसपछि पनि प्रतिनिधिसभाको बैठक नियमित रुपमा हुँदै आए पनि विधेयक अगाडि बढेको छैन ।विघटन बदर भएपछि पहिलो पटक साउन ३ गते बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले बजेटलगायतका अध्यादेश पेश गरेको थियो । तर ती अध्यादेशमाथि पनि छलफल भएको छैन ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले प्रवेश प्रदेश २ का प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय समेत गरेको थियो । सरकारले राजेश अहिराज (झा) लाई बर्खास्त गरेर पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु